८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बाँकेका एमाले नेताहरुको २ दिने प्रशिक्षण बर्दियामा



नेपालगन्ज । नेकपा (एमाले) बाँकेका जिल्ला कमिटीका सदस्य तथा पदाधिकारीहरुलाई बर्दिया लगेर प्रशिक्षण दिईएको छ । बाँके जिल्ला कमिटीको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा जिल्ला कमिटी सदस्य र पादाधिकारीहरुका लागि दुई दिने प्रशिक्षण आजबाट बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको एमाले महासचिव शंकर पोखरेलले उदघाटन गरे । सो वअसरमा बोल्दै उनले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गरे । उनले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको औंल्याए ।

महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आजै पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिदिएका थिए ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी,पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जना एमालेका जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ६ : १० बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका