७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ : मुख्यसचिव अर्याल



काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए ।

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताए ।

परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा। घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : २१ बजे

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको

संसदमा खोजियो छिनछिनमा बत्ती काटिने समस्याको समाधान

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका