२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज संसदका चार समितिको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

अर्थ समितिको विहान ११ बजे बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै राज्य व्यवस्था समितिको बिहान ११ बजे नै बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ११ बजे बोलाइएको बैठकमा समितिको पाँचौं बार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ८ : १६ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि