८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

मुलुकको राष्ट्रिय सङ्कट अन्त्य गर्न ठूला दलबीच समीकरण : शंकर पोखरेल 



सुर्खेत । नेकपा कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय सङ्कट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका हुन् ।
नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई सङ्कटबाट बचाउनु रहेको उल्लेख गरे ।
“समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने सङ्कल्प हो”, उनले भने ।
महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिए । उनले युवालाई देशभित्र बस्ने र आशा जगाउने गरी पैरवी गर्न यस क्षेत्रमा कलम चलाउन पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गरे।
एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको महासचिव पोखरेलले जानकारी दिए। कांग्रेस–एमाले दुवै दल आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने उनले बताए ।
सत्ताबाट बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नगरेको उनले बताए ।
पोखरेलले समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  २ : ४० बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ