१५ माघ २०८२, बिहिबार | January 29, 2026

मुलुकको राष्ट्रिय सङ्कट अन्त्य गर्न ठूला दलबीच समीकरण : शंकर पोखरेल 



सुर्खेत । नेकपा कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय सङ्कट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका हुन् ।
नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई सङ्कटबाट बचाउनु रहेको उल्लेख गरे ।
“समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने सङ्कल्प हो”, उनले भने ।
महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिए । उनले युवालाई देशभित्र बस्ने र आशा जगाउने गरी पैरवी गर्न यस क्षेत्रमा कलम चलाउन पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गरे।
एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको महासचिव पोखरेलले जानकारी दिए। कांग्रेस–एमाले दुवै दल आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने उनले बताए ।
सत्ताबाट बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नगरेको उनले बताए ।
पोखरेलले समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  २ : ४० बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा