२९ असार २०८२, आइतबार | July 13, 2025

राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम



सप्तरी । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन् ।

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन”, यादवले भने ।

यही बाटो भएर राजविराज काठमाडौंलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेका बताउँछन । उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ ।

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ३ : ०६ बजे

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले