१० असार २०८३, बुधबार | June 24, 2026

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण



गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले चैतन्यलाई ५० कै दशकदेखि कविका रूपमा सुनेको स्मरण गगर्दै उनी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभावान् कवि भएको बताए । कवि अधिकारीमा गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यतासहित अभिव्यक्त गर्ने क्षमता भएको उनले उल्लेख गरे ।

यसैगरी कवि श्रेष्ठले कविताको कुनै आकार नहुने र अधिकारीका कवितामा पनि आकारको बन्देज नभएको धारणा राखे । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा प्रस्तुत गर्न सक्ने कविका रूपमा उनले अधिकारीलाई चित्रण गरे ।

कृति समीक्षा गर्दै कवि, समालोचक सञ्जीव पौडेलले अधिकारीलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको टिप्पणी गरे ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्वअध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, शेखर पराजुुली, कौशल चन्द्र जीसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले अधिकारीको व्यक्तित्व एवम् कृति सम्बन्धमा धारणा राखेका थिए ।

अधिकारीले एक दशकपछि दोस्रो कृति बजारमा ल्याएका हुन् । यसअघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ९ : ४९ बजे

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको