८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा ?



काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरुले यस छलफलबाट न्युनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ ।

साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ७ : ५२ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ