२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ८ : ०३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती