८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

घोषणापत्र अनुसार काम नभएको बन्दै कांग्रेस माओवादी नेताले गरे स्थानीय सरकारको ध्यानाकर्षण



खजुरा । संयुक्त गठबन्धन बनाएर चुनाव लड्दा बनाएको संयुक्त घोषणापत्र अनुसार काम नभएको भन्दै बाँकेको खजुरामा तत्कालिक गठबन्धनका कांग्रेस र माओवादीका स्थानीय नेताहरुले खजुरा गाउँपालिका प्रमुख र उपप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कांग्रेस खजुरा गाउँपालिका समितिका सभापति रमेश सिंजाली र माअ‍ेवादी केन्द्रका खजुरा गाउँ कमिटी प्रमुख राजकुमार विक सहितको टोलि गाउँपालिकामा पुगेर पालिका प्रमुख डम्बर विक तुफान र उपाध्यक्ष मन्जु मल्ललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

निर्वाचनका बेला जारी भएको गठबन्धनको संयुक्त चुनावी घोषणा पत्र अनुसार काम हुन नसकेको भन्दै पालिका प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गरिएको गठबन्धनका एक नेताले बताए ।

ध्यनाकर्षणपत्रमा हरेकवर्ष सिङ्गो बर्दिया सहित खजुरा क्षेत्रमा नागरिकलाई नेपालगन्जसँग सम्बन्ध बिच्छेद गराउने पेडारीनालाको पुल तत्काल निर्माणका लागि पहल गर्न, अधुरा योजनाकारुपमा रहेको खजुरा ब्याडमिन्टन हल, सभागृह, विश्वबिद्यालय जस्ता परियोजनाहरुलाई द्रुत गतिमा काम अगाडी बढाउन तथा घोषणापत्रमा उल्लेखित योजनाहरुलाई यथासिघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।

घोषणापत्रमा लेखिएका कतिपय विषयहरुको काम सुरु भएपनि ढिलासुस्ती देखिएकाले गति बढाउन स्थानीय सरकारलाई घचघचाएको कांग्रेसका खजुरा सभापति सिंजालीले बताए । उनले पालिकाले गर्न सक्ने काम पालिकाबाट गर्न जन दवाव आवश्यक रहेका काममा गठबन्धनको सहयोग लिने आफुहरुले सुझाव दिएको उनले बताए ।

पत्र बुझ्दै पालिका प्रमुख बिक र उपप्रमुख मल्लले चुनावमा गरेका प्रतिबद्धता पुरा गर्न आफुहरु तयार रहेको बताएका थिए । उनीहरुले कतिपय कामहरु सम्पन्न गर्न जनदवाव आवश्यक भएको भन्दै दल र स्थानीयबासीलाई पालिकालाई सहयोग गर्न आह्वान गरेका थिए ।

पालिकाले लेख्यो हुलाकी सडक निर्देशनालयलाई स्मरणपत्र
गठबन्धनको दवाव लगत्तै खजुरा गाउँपालिकाले खजुरा बजार क्षेत्रमा अलपत्र पारिएको १ हजार ८ सय मिटर सडक र पेडारी नालाको पुल निर्माणका लागि हुलाकी सडक निर्देशनालय, नेपालगन्ज मार्फट केन्द्रलाई पत्र पठाउँदै दशैंअघि पुलको ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । पालिकाले सडकलाई पठाएको पत्रमा वषौंदेखि जोखिममा रहेको पुलको निर्माण प्रक्रिया अगाडी नबढे स्थानीय सरकार प्रमुख नै आमरण अनशनमा बस्नुपर्ने अवस्था आउने तर्फ समेत स्मरण गराईएको पालिका स्रोतले जनाएको छ ।

हुलाकी सडक निर्देशनालको नेपालगन्ज कार्यालय प्रमुख ई. लिलाबहादुर भण्डारीले स्थानीय सरकारबाट पत्र आएको स्वीकार गरे । उनले अत्यन्त जोखिममा रहेको पुल निर्माणका लागि हुलाकी सडक निर्देशनालय नेपालगन्जबाट यसअघि नै फायल तयार भई केन्द्रमा पेश भएको जानकारी दिए । उनका अनुसार बजेटको सुनिश्चितता गरि केन्द्रबाट बोलपत्र आह्वान गर्ने वा नेपालगन्जबाट नै ठेक्का आह्वान गरि काम अगाडी बढाउने भन्ने विषयमा निर्णय नहुँदा कामले गति लिन सकेको छैन ।

 

 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ५ : १५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ