२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारमा आज साँझ ५ बजे बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाइएको बताइएको छ । न्यायापरिषद्ले प्रधानन्यायाधीशका लागि यही भदौ २० गते ८ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

सत्तारुढ गठबन्धनले संवैधानिक परिषद्को सदस्य उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिरहेकै बेला प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका हु्न् ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन्।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १० : ०२ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब