८ चैत्र २०८२, आइतबार | March 22, 2026

खकुरी प्रहार अभियोगमा पक्राउ परेका जिल्ला अध्यक्षलाई छुटाउन एमाले युवाले गरे सरकार विरोधी प्रदर्शन



नेपालगन्ज । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुले नेपालगन्जमा सरकार विरोधी प्रदर्शन गरेका छन् । संघकाका बाँके अध्यक्ष तथा राप्तीसोनारी–२ का वडा अध्यक्ष रहेका ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज नेपालगन्जमा प्रदर्शन गरेको हो ।

नेकपा एमाले बाँकेको कार्यालयबाट निस्केको प्रदर्शनकारीहरुले विपीचोक पुगेर टायर बाल्दै नेपालगन्ज जमुनाहा सडक अवरुद्ध गरका थिए । युवा संघले संघका अध्यक्ष वलीलगायतका व्यक्तिहरुलाई अनाहकमा राजनीतिक र समाजिक जीवन समाप्त गर्ने षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

‘गत भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा भएको खुकुरी हानाहानको घटनामा संलग्न नभएका र उक्त घटनाको बारेमा कुनै पनि जानकारी नभएको राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष वलीलाई व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने गरी सुनियोजित तरिकाल घटनास्थलमा अनुपस्थित व्यक्तिहरुलाई सनाखत गराएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सो घटनाको निष्पक्ष छानविन गर्न राष्ट्रिय युवा संघ नेपालले माग गर्दै देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रहरी प्रशासनले लिनुपर्ने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

बाँकेको राप्ती सोनारी ५ बिनौनामा खुकुरी प्रहार गरि २ जना युवाहरुलाई गम्भीर घाइते बनाएको अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ । कांग्रेस निकट युवाहरु राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि खुकरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी २ का वडा अध्यक्ष समेत रहेका युवा संघ नेपालका अध्यक्ष ‘ज्ञानु’ भनिने वलीसहितका युवालाई प्रहरीले पक्राउ गरेको भन्दै युवासंघ आन्दोलित भएको हो ।

प्रहरीले भने घाईते युवाहरुको उजुरी र स्थलगत अनुसन्धानमा वलीको संलग्नता देखिन आएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रदर्शनमा संलग्न युवाहरुले कोहलपुर प्रहरीका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ४५ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले