६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् ।

नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिका बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए । प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताए ।

“बाल्यकालदेखि नै बालबालिकाले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिका अभिभावकबिहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिएँ”, प्रधानमन्त्री ओलीले भने, “उनीहरूले आफ्नो नैसिर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।”

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ६ : ५८ बजे

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति