६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रभु बैंक गण्डकी प्रदेशमा गर्यो शैक्षिक केन्द्रको स्थापना



काठमाडौ । प्रभु बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरेको हो ।

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस बैंकको गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी बैकको सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत श्री शान्ती शेरचनज्यूबाट गरिएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ८ : ०० बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा