५ भदौ २०८३, शुक्रबार | August 21, 2026

आइतबारदेखि बेपत्ता नाबालिकाको शव जनावरले खाएको अवस्थामा भेटियो



खजुरा । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका ६ की एक नाबालिकाको शव फेला फेला परेको छ । खजुरा ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ढाई वर्षीया छोरी लक्ष्मी पुनको शव बिहान घर नजिकै रहेको जङ्गलमा आज फेला परेको हो ।

खोजतलासका क्रममा बेपत्ता नाबालिकाको घर नजिकैको जङ्गलबाट मंगलबार बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा बालिकाको टाउको र एउटा खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक पुर्ण केसीले जानकारी दिए । जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले जानकारी दिए ।

उनका अनुसार बालिका पुनलाई बाघ वा चितुवाले खाएको अनुमान गरिएको छ । सोमबार स्थानीयबासीले बालिकाको खोतलासका क्रममा बाघ देखेको बताएका छन् । स्थानीयलाई देखेपछि बाघ रुख चढ्न खोजेको र बाघ देखेपछि स्थानीयको भागाभाग भएको खोजतलासमा संलग्न एक स्थानीयले बताए । शव भेटिएको स्थानमा बाघको पाईला देखिउकाले बाघले नै बालिका खाएको हुनुपर्ने प्रहरी निरीक्षक केसीले बताए ।

बेपत्ता बालिकाको खोजिमा सोमबार दिनभर सशस्त्र प्रहरी, प्रहरीको तालिम प्राप्त कुुकुर सहित नेपाल प्रहरी, बनका कर्मचारी र स्थानीयबासी खटिएका थिए भने आज बिहान बनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको हो ।

मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : १४ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको