१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आइतबारदेखि बेपत्ता नाबालिकाको शव जनावरले खाएको अवस्थामा भेटियो



खजुरा । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका ६ की एक नाबालिकाको शव फेला फेला परेको छ । खजुरा ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ढाई वर्षीया छोरी लक्ष्मी पुनको शव बिहान घर नजिकै रहेको जङ्गलमा आज फेला परेको हो ।

खोजतलासका क्रममा बेपत्ता नाबालिकाको घर नजिकैको जङ्गलबाट मंगलबार बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा बालिकाको टाउको र एउटा खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक पुर्ण केसीले जानकारी दिए । जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले जानकारी दिए ।

उनका अनुसार बालिका पुनलाई बाघ वा चितुवाले खाएको अनुमान गरिएको छ । सोमबार स्थानीयबासीले बालिकाको खोतलासका क्रममा बाघ देखेको बताएका छन् । स्थानीयलाई देखेपछि बाघ रुख चढ्न खोजेको र बाघ देखेपछि स्थानीयको भागाभाग भएको खोजतलासमा संलग्न एक स्थानीयले बताए । शव भेटिएको स्थानमा बाघको पाईला देखिउकाले बाघले नै बालिका खाएको हुनुपर्ने प्रहरी निरीक्षक केसीले बताए ।

बेपत्ता बालिकाको खोजिमा सोमबार दिनभर सशस्त्र प्रहरी, प्रहरीको तालिम प्राप्त कुुकुर सहित नेपाल प्रहरी, बनका कर्मचारी र स्थानीयबासी खटिएका थिए भने आज बिहान बनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको हो ।

मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : १४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार