२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ५२ बजे

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला