३ चैत्र २०८२, मंगलबार | March 18, 2026

डा. चापागाई बने पहिलो ठुलो दानकर्ता, बैकुण्ठधामका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान



नेपालगन्ज । बाँकेको सिधनियाघाटमा प्रस्ताव गरिएको बैकण्ठधाम निर्माणका लागि आर्थिक सहयोग प्राप्तहुने क्रम सुरु भएको छ । बैकुण्ठधाम निर्माणका लागि आर्थिक संकलन प्रयोजनको उद्देश्यले कार्तिक महिनामा धार्मिक महोत्सवको तयारीमा जुटेको बैकुण्ठधाम मुल समितिलाई पहिलो ठुलो धनराशी सहयोग गर्नेमा भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईको नाम दर्ज भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईले पहिलो दान स्वरुप ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । पितृश्राद्धको पहिलो दिन डा. चापागाईले आफ्ना हजुरबुबा स्व. हितलाल चपाईको स्मृतिमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका हुन् ।

ब्यवस्थित दाहसंस्कार स्थल नभएका कारण वर्षौदेखि समस्या भोगिरहेका बाँके र यस आसपासको स्थानीयबासीको सहजताका लागि राप्ती नदी किनारको सिधनियाघाटमा बैकुण्ठधामको संकल्प गरिएको छ । नेपालगन्जको मर्निङवाक गर्ने एक समुहले गरेको संकल्पलाई साकार पार्न हालसम्म ३ हजार सदस्सीय मुल समिति सहति बिभिन्न उपसमितिहरु बनेका छन् । धामनिर्माणका सहयोगार्थ बाचनशिरोमणी दीनबन्धु पोखरेलको संयोजनमा कार्तिक २२ देखि ३० गते सम्म धार्मिक महोत्सव हुने भएको छ ।

बैकुण्ठधाम सिधनियाघाट समुहले पितृश्राद्धको तिथिमा पितृको नाममा बैकुण्ठधामको लागि पितृ दक्षिणा संकल्प गर्न सर्वसाधारणमा आह्वान गरेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ४१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड