११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

घाँस काट्दै, सडक मर्मत गर्दै संविधान दिवस : सडकबाटै जनप्रतिनिधिले गरे आन्दोलनको घोषणा (फोटोफिचर)



खजुरा । खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरुले संविधान दिवसकै दिन आन्दोलनको घोषणा गरेका छन् । संविधान दिवसको अवसर पारेर संघीय सरकार अन्तर्गतको सडक मरमत तथा सरसफाई गर्दै पालिका सरकारका जनप्रतिनिधिहरुले सडक निर्माणको माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

खजुरा बजारबीचमा रहेको २०२८ सालमा बनेको साँघुरो पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि दुर्घटना हुन सक्ने जनाउँदै खजुराका जनप्रतिनिधिहरुले पुल बनाउन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशको पश्चिम सिमाना बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुल सडकमा पर्ने सो पुल तथा खजुरा बजार अन्तर्गतको १ हजार ८ सय मिटर सडक निर्माणमा संघीय सरकारले बेवास्ता गरेको भन्दै जनप्रतिनिधिहरुले असोजको २५ गतेसम्ममा पुलको ठेक्का सूचना प्रकाशित नभए सडकमा उत्रने चेतावनी दिएका छन् । संविधान दिवसका दिन पारेर संघीय सरकार अन्तर्गतको सडकका खाल्डोहरु पुर्ने र मरमत गर्ने कार्य गरेको पालिका सरकारले जीर्ण पुल खसेर दुर्घटना भएर त्यसको जिम्मा संघीय सरकारले लिनुपर्ने जनाएको छ ।

खजुरा १ नम्बरबाट सडकको बीचभागको घांस काट्दै निस्केको पालिकाका जनप्रतिनिधि, कर्मचारी, पालिका अन्तर्गतका बिद्यार्थी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रहरी तथा नागरिक अगुवाहरु सहितको र्यालीले खजुरा धनौली सम्मको सरसफाई गर्नुका साथै पालिकाको साधनश्रोत परिचालन गरि वर्षाले ध्वस्त बनाएको जीर्ण पुल वारीपारीको सडकको खाल्डो पुर्ने र मरमत गर्ने कार्य गरेको थियो ।

सरसफाई तथा सडकको डिभाइडरमा बढेको घांस काट्ने कार्यमा कर्मचारी प्रहरी सहित स्थानीय बिद्यालयका बिद्यार्थीहरु समेत परिचालन गरिएको थियो । स्थानीय आदर्शमाबी, ज्ञानोदय नमुना माबी, अरुणेदय बोर्डिङ र दीपक बोर्डिङका माध्यामिक तहका बिद्यार्थीहरुले बजार सरसफाईमा सहकार्य गरेका थिए ।

कार्यक्रमको समापनको अवसरमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले संघीय सरकार अन्तर्गतको सडक मरमत पनि आन्दोलतको संकेत भएको बताए । उनले पुल बनेको ५३ वर्ष पुग्दा पनि संघीय सरकारले खजुराको जीर्ण पुल निर्माण र ठेकेदारले अलपत्र पारेको १ हजार ८ सय मिटर सडक बनाउने विषयमा बजेट सुनिश्चितता गर्न र ठेक्का लगाउन बेवास्ता गरेको भन्दै जनपरिचालन सहित सडकमा आउन आफुहरुलाई बाध्य नपार्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बसबहादुर राना लगायतले संविधान दिवसरको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ११ : ०९ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने