१५ भदौ २०८३, सोमबार | August 31, 2026

भेरी अस्पतालमा प्रत्यक्ष शल्यक्रिया गरेर नयाँ शल्यक्रिया कक्षको उदघाटन



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आजदेखि नव निर्मित नयाँ भवनबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ शल्यक्रिया कक्षको प्रत्यक्ष शल्यक्रिया गर्दै उदघाटन गरिएको छ । वरिष्ठ अर्थोस्कोपी सर्जन प्रा.डा. अमित जोशीले प्रत्यक्ष शल्यक्रिया गर्दै नयाँ भवनमा जडान भएको शल्यक्रिया कक्ष्को उद्घाटन गरेका हुन् ।

अर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगन्ज आएको अवसरमा डा. जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको अस्पतालका मेसु डा प्रकाश बहादुर थापाले जानकारी दिए । घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय युवकको शल्यक्रिया गर्दै डा. जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।

प्रा.डा. जोशीले कार्यशालाका सहभागि आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए भने शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो ।

शल्यक्रियाका क्रममा सर्जनहरुले राखेको जिज्ञासाहरुको प्रा.डा. जोशीले जवाफ दिएका थिए । करिव एक घण्टा लगाएर गरिएको शल्यक्रिया प्रत्यक्ष सहित अन्तरक्रियात्मक भएको मेसु थापाले बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३७ बजे

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy