२९ मंसिर २०८२, सोमबार | December 16, 2025

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह



भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनको सरकार बनेको बताए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले भने, “गत निर्वाचनको परिणामले नौ÷नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति र भाष्य दिन थाले । त्यसैले राजनीतिक स्थितिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन  कांग्रेस र एमालेको सरकार बनेको हो ।”
अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अड्किएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने गरी सरकारले काम गरिरहेकाले  व्यवसायीलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे। उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने उल्लेख गरे ।
सरकारले कानून बनाउने, कार्यान्वयनमा ल्याउने र देशमा कानुनी राज्यको प्रत्याभूति दिँदै सुशासन कायम राख्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले भने, “यो सरकारले कानूनी राज्य स्थापित गराउँछ, अरुलाई कानुन लाग्ने तर आफूलाई कानुन नलाग्ने भन्ने हुँदैन, अब मलाई कानुन लाग्दैन भनेर कसैले ठूलो स्वरले उफ्रिएर कराउँदैमा हुँदैन, सबैलाई कानुन बराबर हुन्छ ।”
सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको एक सय आठ रोपनी जग्गामा सबैको आँखा परेको सन्दर्भ कोट्याउँदै सिंहले चेम्बरले मात्रै होइन, अस्पताल, मेडिकल कलेजलगायत धेरै प्रयोजनका लागि सो जग्गा माग भए पनि स्थानीय जनता, राजनीतिक दल र सरोकार सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय गरिने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ३५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको