७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन



लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो ।

यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परिक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाई केन्द्रको औपचारीक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन । एचएसके सेन्टरको वोर्ड अनावरण गरेर उद्घाटन गरेका हुन । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चिनको हनान विश्व विद्यालयको विचमा चिनिया भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चिन दुई देश विचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योग्दान गर्ने बताए । ‘दुई देश विचको भाषा, संस्कृतीको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भने, ‘चिनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा।डा।सुर्वणलाल ब्रजाचार्यले विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परिक्षाको लागी काठमाडौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘चिनिया भाषा परिक्षाको लागी काठमाडौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ’ उनले भने, ‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हाँसिल भएको छ ।’

बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले एक वर्ष अगाडी चिनको हनान विश्व विद्यालय संग भएको सहकार्य सम्झौता अनुसार चिनिया भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसैबिच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
चिनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चिन दुई देश विच सुमधुर सम्बन्भ बिस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चिनका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज