२५ श्रावण २०८३, सोमबार | August 10, 2026

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने



काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गरेको छ ।

१- नेपाली राजदूतावास कायरो, इमेलः [email protected], सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्धितीय सचिव,  फोन:  +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।

२- अवैतनिक नेपाली वाणिज्यदूतावास, बेरुत, इमेलः [email protected]. सम्पर्क व्यक्तिः मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन:  +९६१३३०११८१/ +९६१८१८८३७१३ ।

३- परराष्ट्र मन्त्रालय, काठमाडौं, इमेलः [email protected], सम्पर्क व्यक्तिः श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७- ९८४११७९५२० ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ११ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा