२५ श्रावण २०८३, सोमबार | August 10, 2026

राष्ट्र संघीय शान्ति सेनामाथि लेबनानमा भएको आक्रमणको नेपालद्वारा कडा निन्दा



काठमाडौं । नेपालले लेबनानमा संयुक्त राष्ट्र संघअन्तर्गतका शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको कडा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणको कडा निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

इजरायली सेनाले आइतबार युनिफिल क्याम्पको मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा गोलाबारी गरेको थियो । जसबाट १५ जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलले गाजा र लेबनानका जनतामाथि बर्बरतापूर्वक आक्रमण गरेर हजारौंको हत्या गरिसकेको छ । संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा लेबनानमा नेपाली सेना पनि खटिँदै आएका छन् । यद्यपी, अहिलेसम्म नेपाली शान्ति सेना सुरक्षित रहेका छन् ।

परराष्ट्र मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यूएनआईएफआईएल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’
https://twitter.com/MofaNepal/status/1846049941166391346
नेपासहित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : ०५ बजे

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा