१६ असार २०८३, मंगलबार | June 30, 2026

लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्था सुधार्न १५ बुँदे घोषणा ( घोषणापत्र सहित)



दाङ । लुम्बिनी प्रदेशका अत्याधिक विरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिने भएको छ । आर्थिक बर्ष २०८०/०८१ को स्वास्थ्य कार्याक्रमहरुको बार्षिक समिक्षा गर्दै जारी गरिएको १५ बुदे घोषणापत्रमा अत्याधिक बिरामी चाप हुने अस्पतालहरुमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गर्ने बिषय समेटिएको हो ।

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गर्दै घोषणापत्र जारी गरिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनस्वास्थ्य समस्याहरुलाई सम्वोधन गर्नेगरी कार्यक्रम बनाउन पहल लिएका थिए । सोही आधारमा समिक्षा कार्यक्रमको माध्यमबाट नवीनतम योजना सहित विभिन्न योजना अघि सारिएको छ ।

प्रदेशमा देखा परेको मातृ तथा नवजात शिशु मृत्यु, महिला तथा बालबालिकाहरुको कुपोषणका साथै सर्ने र नसर्ने रोगहरु निदान गर्नेगरी कार्यान्वयन तहलाई प्रभावकारी बनाईने स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रतिबद्धता व्यक्त गरे । ‘आम जनताको भावनालाई सम्वोधन गर्नेगरी स्वास्थ्य क्षेत्रलाई सुधार गरेर लैजाने जिम्मेवारी तपाई हामी सबैको हो’स्वास्थ्यमन्त्री सारुले भने, ‘नागरिकलाई भरोसा दिलाउनेगरी, आशा जगाउनेगरी हाम्रा सेवाहरु चुस्त हुन जरुरी छ ।’

अस्पताल र स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा सेवाप्रवाहको साथै कार्यालयमा रहेको सरकारी सवारी साधनको विद्युतीय निगरानी गर्ने बिषयलाई पनि घोषणापत्रमा समेटिएको छ । अस्पताल र स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाको आधारमा शुल्कमा एकरूपता कायम गर्न मुल्य निर्धारिणको प्रकृया अगाडी बढाईने, प्रदेश अन्तरगतका अस्पतालहरुवाट गर्भवती महिलाहरुको परीक्षण, निदान तथा उपचार पूर्ण रुपमा निःशुल्क गर्न व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

स्वास्थ्य संस्थालाई आवश्यक पर्ने गुणस्तरीय औषधीको निरन्तर उपलब्धताका लागि वितरण प्रणाली सुदृढिकरण गरिने, प्रदेशका सवै आयुर्वेद स्वास्थ्य संस्थाहरुमा सशुल्क फार्मेशी संचालनका लागि वीउँ पूँजीको व्यवस्था गरिने, प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन तथा लुम्बिनी प्रदेश मातहतका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य स्वास्थ्य बीमा गर्ने र राष्ट्रि नीति अनुरुप औपचारीक क्षेत्रलाई समेट्ने गरी स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिने भएको छ ।
अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद संस्था प्रमुखहरूलाई अस्पताल र संस्था व्यवस्थापन, नेतृत्व विकास, जनसम्पर्क, प्रविधिको प्रयोग, गुणस्तरिय सेवा प्रवाह सम्बन्धी अभिमुखिकरणकार्यक्रम संचालन गरिने भएको छ । निजी अस्पताल, क्लिनिक, स्वास्थ्य संस्थाहरुको गुणस्तरीय र प्रभावकारी सेवामा सहजिकरण तथा विपन्न नागरिक निःशुल्क सेवाको सुनिश्चितताका लागि नियमन र व्यवस्थापन गरिने भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : ४३ बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल