८ माघ २०८२, बिहिबार | January 22, 2026

रुपन्देहीमा देशमै पहिलो ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु



बुटवल । नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीले आजबाट ब्लड बैंक सफ्ट्वयर तथा मोबाइल एप सञ्चालनमा ल्याएको छ । सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, मितव्ययी, पारदर्शी तथा प्रबिधि मैत्री बनाउन सफ्ट्वयर र मोबाइल एप सञ्चालनमा ल्याइएको रेडक्रस रुपन्देहीले जनाएको छ ।

रक्त सञ्चार सफ्ट्वयर अन्तर्गत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामनासहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टमसहित विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिपोर्ट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर इमेलमार्फत पठाउन मिल्ने ब्यवस्था सफ्टवेयरमा रहेको सोसाइटीका कोषाध्यक्ष सुशील गुरुङले जानकारी दिए ।

त्यसैगरी रगत एक्सपाइरी अर्लाम सिस्टम, अनलाइन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि सफ्टवेयरबाट उपलब्ध हुने कोषाध्यक्ष गुरुङले जनाए ।

रुपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्ट्वयर तथा मोबाइल एप नेपालमै पहिलो भएको सोसाइटीका रुपन्देही अध्यक्ष दीपक क्षेत्री न्यौपानेले दाबी गरे । उनले मोबाइल एपलाई थप व्यवस्थित र परिमानर्जन गर्दै लैजाने कार्यक्रम रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले सफ्ट्वयर र मोबाइल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए । उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग तथा २८ वटा पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे ।

उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदानसम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रहसमेत गरे ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबहाक अध्यक्ष कमल रायमाझी, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचनलगायतले बोलेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ०१ बजे

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित