२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बबईमा डुबेर बालकको मृत्यु



तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो ।

दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए । खोजी कार्यपछि करिब ३ः३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ५२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको