७ आश्विन २०८३, बुधबार | September 23, 2026

बयलगाडा सिद्धान्त मान्ने कांग्रेस एमाले नेताहरुलाई संविधान मन परेको छैन : प्रचण्ड

'कांग्रेस एमाले संविधान खारेज गर्न लागेका छन्'



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसलाई अहिलेको संविधान मन नपरेको बताएका छन् ।

बुधबार बिहान आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले संविधान खारेज गर्ने चाहना रहेको बताएका हुन् ।

गणतन्त्र र संघीयता र समावेशीता मन नपरेका नेताहरुले संविधान खारेज गरेर अहिलेसम्मका उपलब्धी समाप्त पार्न खोजेको उनले आरोप लगाए । उनले भने, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

प्रचण्डले संविधान खारेज गर्न सुरुमा जनतालाई झुक्याउन कुटनीतिक भाषा प्रयोग गर्दै संविधान संशोधनको विषय उठाइएको दाबी गरे । उनले भने, ‘एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। संसद पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो संसद विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’
अध्यक्ष प्रचण्डले अहिले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष मुख्य प्राथमिकतामा पर्नुपर्ने बताए । उनले आफुहरुले संविधान कार्यान्वयनमा जोड दिइरहेको दाबी गरे ।

प्रचण्डले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले पहलकांग्रेस एमालेका नेताहरुले अहिलेको सरकार बनाएको दाबी गरे ।

उनले सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको आरोप समेत लगाए ।

उनले भने, ‘मैले के सुनेको छु भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। रवि लामिछाने विरुद्ध तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्की अदालतबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ३८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११