९ पुस २०८२, बुधबार | December 24, 2025

बयलगाडा सिद्धान्त मान्ने कांग्रेस एमाले नेताहरुलाई संविधान मन परेको छैन : प्रचण्ड

'कांग्रेस एमाले संविधान खारेज गर्न लागेका छन्'



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसलाई अहिलेको संविधान मन नपरेको बताएका छन् ।

बुधबार बिहान आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले संविधान खारेज गर्ने चाहना रहेको बताएका हुन् ।

गणतन्त्र र संघीयता र समावेशीता मन नपरेका नेताहरुले संविधान खारेज गरेर अहिलेसम्मका उपलब्धी समाप्त पार्न खोजेको उनले आरोप लगाए । उनले भने, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

प्रचण्डले संविधान खारेज गर्न सुरुमा जनतालाई झुक्याउन कुटनीतिक भाषा प्रयोग गर्दै संविधान संशोधनको विषय उठाइएको दाबी गरे । उनले भने, ‘एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। संसद पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो संसद विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’
अध्यक्ष प्रचण्डले अहिले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष मुख्य प्राथमिकतामा पर्नुपर्ने बताए । उनले आफुहरुले संविधान कार्यान्वयनमा जोड दिइरहेको दाबी गरे ।

प्रचण्डले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले पहलकांग्रेस एमालेका नेताहरुले अहिलेको सरकार बनाएको दाबी गरे ।

उनले सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको आरोप समेत लगाए ।

उनले भने, ‘मैले के सुनेको छु भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। रवि लामिछाने विरुद्ध तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्की अदालतबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ३८ बजे

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी