२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लिलबहादुरले ब्यक्तिगत खर्च गरेर बनाईदिए बाढीले भत्किएको भीमबहादुरको घर



खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरामा अर्को एक बाढीले घर भत्किएर घरबारहिन भएका ब्यक्तिको पक्की घर निर्माण भएको छ । पत्रकार दाहालको पहलकदमीमा बाँकेको खजुरा स्थायी घर भएर लामो समयदेखि अमेरीका बस्दै आएका लिलबहादुर थापाले पक्की घर बनाइदिएका हुन् ।

गतवर्ष आएको पेडारी नालाको बढीले घर भत्किएर घरबार बिहिन भएका खजुरा गाउँपालिका ४ डी गाउँका भीमबहादुर खत्रीको नवनिर्मित घर आज उनलाई हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमकाबीच ब्यक्तिगत खर्च गरेर घर बनाईदिएका थापाले नवनिर्मित घर खत्रीलाई हस्तान्तरण गरे ।

घरको जिम्मेवारी बुझ्दै स्थानीय ८९ वर्षिय खत्रीले लिलबहादुर आफ्नो जीवनमा भगवान भएर प्रकट भएको बताए । उनले बाढीले घर भत्किएपछि आफ्नो दुःखको समाचार लेखिदिने पत्रकार दाहाललाई धन्यबाद दिए ।

कार्यक्रममा बोल्दै खजुरा ४ का पूर्व वडा अध्यक्ष तिलकबिर सुनारले स्गानीय सरकारले गरिदिनुपर्ने काम ब्यक्तिले गरिदिएको उल्लेख गरे । उनले समाजसेवी थापालाई खजुराले चिन्न नसकेका कारण थापा अन्य जिल्लामा करोडौंको सहयाता गर्न पुगेको बताए ।

स्थानीय समाजसेवी अगुवा शिवराज श्रेष्ठले लिल बहादुर थापाबाट युवाहरुले धेरै सिक्न जरुरी रहेको बताए । उनले गौतमबुद्धकै अनुशरण गरेर थापाले त्याग गर्दै गएको उनले बताए ।

कार्यक्रममा स्थानीय समाजिक अगुवा गगनबहादुर बिक, पत्रकार दाहाल सहित बिभिन्न ब्यक्तहरुले थापाको योगदानको प्रशंसा गरेका थिए ।

स्थानीय समाजसेवी कृष्ण थपलियाको जोतभोगमा रहेको जग्गामा खत्रीको घर निर्माण भएको हो । थपलियाले घरबारबिहिन भएका खत्रीलाई बसोबास गर्न जग्गा उपलब्ध गराएपछि त्यहाँ घर निर्माण सुरु गरिएको पत्रकार दाहालले बताए ।

घर निर्माणमा दाहाललाई सहयोग गर्ने अर्का पत्रकार गणेश राईलाई दाहालले धन्यबाद दिए । दाहालकै सक्रियतामा खजुरा ६ स्थित सिमलघारीमा दृष्टिबिहिनको भत्किएको घर आर्थिक संकलन गरि निर्माण गरेर तीन दिन अघि मात्र घरधनीलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : २१ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल