५ श्रावण २०८३, मंगलबार | July 21, 2026

खजुरामा ११ औं मित्रलाल शर्मा स्मृति साँस्कृतिक साँझ



खजुरा । नेपाल चलचित्रका नायक स्वर्गीय मित्रलाल शर्माको स्मृर्तिमा हुँदै आएको मित्रलाल शर्मा स्मृति साँस्कृतिक साँझको ११ औं सृङ्खला बाँकेको खजुरामा सम्पन्न भएको छ । हरेक वर्ष बडादसैंको अवसरमा हुने सांस्कृतिक साँझमा खजुरा र यस आसपासका कलाकारहरुले बिबिध साँगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

मनकामना युवा क्लवको आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रमको खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्लले उदघाटन गरिन् । सो अवसरमा बोल्दै उनले मनकामना युवा क्लवले नेपाली कला र संस्कृतिलाई जोगाउन महत्वपूर्ण योगदान गर्दै आएको बताइन् । उनले क्लवको प्रशंसा गर्दै खजुराको कला र संस्कृति जोगाउन स्थानीय सरकार क्लवको साथमा रहेको बताईन् ।

क्लवका अध्यक्ष माधव शर्माले मनकामना युवा क्लवले खजुरामा हरेक वर्ष निरन्तर दसैंका अवसरमा सांगीतिक कार्यक्रम गर्ने गरेको बताए । उनले खजुराको मित्रलाल संस्कृतिक सांझ खजुराको पहिचान भएको उल्लेख गर्दै कार्यक्रमका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा कलाकारहरुले बिभिन्न भाषा, संस्कृतिमा आधारित गीत संगीत प्रस्तुत गर्नुका साथै प्रहसन पनि प्रस्तुत गरेका थिए । भाव नृत्यकारुपमा मनकामनाका भजन टोलिद्वार प्रस्तुत सन्देशमुलक लोकभजनमा धरै दर्शकलाई भावुक बनाएको थियो ।

‘बाँचुन्जेललाई भइनौ सारथी, मरेपछि धुपदीप गछौं आरती’ बोलको भजनमा कलाकारहरुले देखाएको भाव नृत्यमा धेरै दर्शक भावुक बनेका थिए । प्रहसनमा राजनीतिकदलका नेताहरुलाई ब्यङ्ग गर्दै ‘तिम्ले भन्ने सिङ्गापुर त भन्ने मात्रै हो’ भन्दै नाच्दा उपस्थित दर्शकहरुले ताली पिटेर साथ दिएका थिए ।

नेपाली कथानक चलचित्र हिजो आज र भोली र परिवर्तनमा नायकको भूमिकामा खेलेका स्वर्गीय मित्रलाल शर्माको स्मरणमा उनको स्थायी बसोबास रहेको बाँके, खजुराको मनकामनापुरमा हरेक वर्ष मत्रिलाल सांस्कृतिक सांझको आयोजना हुँदै आएको छ । क्लवका उपाध्यक्ष रोसन सापकोटाले स्वागत गरेको कार्यक्रममा समाजसेवी लिलबहादुर थापासहित बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

हिजो, आज, भोलि वि.सं. २०२४ फागुन २ गते सूचना मन्त्रालय अन्तर्गतको सूचना विभागले आफ्नो दोस्रो चलचित्रको रूपमा यसलाई प्रदर्शन गरेको थियो। यो चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए। चलचित्रमा भुवन चन्द मुख्य महिला पात्र थिइन् भने मित्रलाल शर्मा नवनायक थिए अन्य कलाकारमा वसुन्धरा भुसाल, हरिप्रसाद रिमाल, इन्द्रलाल श्रेष्ठ, प्रदीप रिमाल, श्रीधर खनाल लगायत थिए ।

त्यसैगरि चलचित्र परिवर्तन वि.सं. २०२७ पुष १७ गते सूचना मन्त्रालय अन्तर्गतको सूचना विभागले आफ्नो तेस्रो चलचित्रको रूपमा यसलाई प्रदर्शन गरेको थियो। यो चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए । चलचित्रमा नीर शाह, हरिप्रसाद रिमाल, सुस्मा शाही, रिता थापा, यज्ञनाथ घिमिरे लगायतको अभिनय रहेको थियो भने मित्रलाल शर्माले सह नायकको भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ११ : ४९ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत