१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कार्तिक ३ गते बुटवलमा वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ गुञ्जने



काठमाडौं । वर्ल्डलिंकले ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ को आयोजना गर्ने भएको छ। नेपालभर हुन लागिरहेको यो सांगीतिक यात्रामा चर्चित गायक तथा गीतकार सज्जन राज वैद्यले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू दिनेछन्। यो यात्रा अन्तर्गत कात्तिक ३ (अक्टोबर १९) मा बुटवल स्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने वर्ल्डलिंकले जनाएको छ ।

सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

वर्ल्डलिंकले यस टुरलाई प्रायोजन गर्दै सज्जन जस्ता ठूला कलाकारहरूलाई अझ उच्च सफलतामा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । कार्यक्रमको उद्देश्य आफ्ना दर्शकहरूसँग नजिकबाट जोडिनुका साथै नेपाली संगीतको विकास र विस्तारलाई प्रवर्धन गर्नु रहेको वर्ल्डलिंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘संगीत हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा संगीत हो र संगीतको माध्यमबाट आफ्ना ग्राहकहरु संग थप नजिकिन मद्दत गर्ने वर्ल्डलिंक विश्वास गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

वर्ल्डलिंकका अनुसार ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’का टिकटहरू खल्ती एपमार्फत खरीद गर्न सकिनेछ। साथै, वर्ल्डलिंक प्रयोगकर्ताहरूका लागि विशेष अवसर समेत रहेको छ। वर्ल्डलिंकको फेसबुक पेजमा रहेको सम्बन्धित पोस्टमा कमेन्ट गरि १० भाग्यशाली व्यक्तिहरूले एक्स्कुलसिभ भिभिआईपी टिकट जित्न सक्नेछन्। यी विजेताहरूले वर्ल्डलिंकद्वारा कार्यक्रम स्थानमा राखिएको भिभिआईपी बक्सबाट कार्यक्रमको मज्जा लिन पाउने आयोजकले जनाएको छ।

यस ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’, आरबिटरि इभेन्ट र एमएल प्रोडक्सनद्वारा आयोजना गरिएको हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ (नोभेम्बर १) मा पोखरा, कात्तिक २४ (नोभेम्बर ९) मा इटहरी, र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौँमा आयोजना हुनेछन्।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले