२५ श्रावण २०८३, सोमबार | August 10, 2026

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ ।

सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ३ खेलको सिरिजमा यो जितपछि नेपाल १-० ले अगाडि भएको छ ।

खेलेको पहिलो इनिङ्समा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको थियो । तर अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए ।

नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७(२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।

सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : १७ बजे

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला