५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल-अमेरिका टी-२० सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती



काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ । तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेल २ रनले शतक प्रहार गर्न चुके । ५४ बलको सामना गरेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९८ रन बनाए ।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल शाहले साहले ३१ बलको सामना गर्दै २५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे । कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके । आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरे । कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ । तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन् । यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन् । रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ४० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता