३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपाल-अमेरिका टी-२० सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती



काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ । तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेल २ रनले शतक प्रहार गर्न चुके । ५४ बलको सामना गरेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९८ रन बनाए ।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल शाहले साहले ३१ बलको सामना गर्दै २५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे । कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके । आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरे । कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ । तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन् । यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन् । रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ४० बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका