५ पुस २०८२, शनिबार | December 20, 2025

सुपर‌ओभरमा जित निकाल्दै नेपाल-अमेरिकाबीचको टी-२० आई सिरिजको उपाधि एक खेल अगावै नेपाललाई



काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ । खेल बराबरीमा सकिएपछि नेपालले सुपरओभरमा जित निकाल्दै लगातार दुई खेल जितेर उपाधि चुमेको हो ।

३ रनको लक्ष्य पाएको नेपालले रन बनाउँदै जित निकाल्यो । नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेट निकाले । त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे ।

यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए ।

मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए । ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए । र आरिफ शेख एक रनमा रनआउट भए ।

यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुईरदुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए । खराब सुरुवात गरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ५१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता