१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पर्यटनमन्त्रीले बोलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित



काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेको भन्दै स्थगित गरिएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षको हैसियतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहानका लागि डाकिएको बैठक उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेको भन्दै स्थगित भएको हो ।

धर्मशालाको मुद्दा उच्च अदालतमा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कात्तिक २ गते गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

जसअनुसार उच्च अदालत पाटनले धर्मशालाबाट तत्कालका लागि सामान हटाउने र खाली गराउने लगायतका कार्य नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषको नाममा आदेश जारी गरेको छ । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।

यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ३७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित