११ पुस २०८२, शुक्रबार | December 26, 2025

ओली सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिन अदालत परिसरबाट रविको आह्वान

भन्छन् - न्यायालयप्रति विश्वास छ, सबैभन्दा भ्रष्ट ओली हुन्



पोखरा । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली सरकार विरुद्ध देशभर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।

म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेले अदालत परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै ओली सरकार रहेसम्म सबै नागरिकमाथि मुद्दा थोपर्दै दुःख दिने भएका कारण सरकार विरुद्ध उत्रिन आह्वान गरेका हुन् । उनले आफुलाई न्यायालयप्रति विश्वास रहेको बताउँदै न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे । उनले भने,
न्यायायलप्रति विश्वास छ । मैले न्यायालयलाई सघाउँछु, तर यो अधिनायकवादी ओली सरकार विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु ।’

उनले सबैभन्दा भ्रष्ट केपी ओली नै भएको दाबी गर्दै भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ०२ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको