१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

रुपन्देही व्यापार संघले २५ औं वर्षगाठ मनाउदै, मुल समारोहमा प्रधानमन्त्री आउने



बुटवल । रुपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रममा प्रमुख आतिथिका रुपमा सहभागि हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरि कार्यक्रममा उपस्थित हुने जनाएको अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरि कार्यक्रममा सहभागीताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि निमन्त्रणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाएको उनले बताए ।

जिल्ला भित्र छरिएर रहेका व्यवसायहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको बताउदै अधिकारीले संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाकारी दिए ।

प्रधानमन्त्रीसँग भेटको अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले राज्यले सुधारका लागि चाल्नु पर्ने कदमका बारेमा समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी रहेका थिए ।

संघले साता व्यापी रुपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यस अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ ।

संघले साताव्यापी कार्यक्रम अन्तरगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ ।

अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रुपमा साता व्यापी कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको बताउदै संघले मनाउन गैरहेको रजत महोत्सव कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । रुपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराकासाथ स्थापना भएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : २१ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति