७ पुस २०८२, सोमबार | December 23, 2025

एकीकृत समाजवादी एक्लै चुनाव लड्न सक्षम छ : अध्यक्ष नेपाल



कोहलपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी एक्लै चुनावमा जान सक्षम रहेको बताएका छन् । बाँकेको कोहलपुरमा नगर स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्न सक्षम रहेको बताएका हुन् । उनले कसैसँग पार्टी एकीकरण वा कुनै पार्टीमा समाहित हुने कुरा निराधार भएको बताए ।

उनले एकीकृत समाजवादी पार्टी जनताको पार्टी भएकोले जनताको बीचमै जनताको समस्या साथमा लिएर अगाडी बढ्ने स्पष्ट पारे । उनले सरकारले बाढिपहिरोमा परेका नागरिकलाई सुरक्षीत ब्यवस्थापन र उद्धार गर्न पूर्णरुपमा असक्षम भएको आरोप लगाउँदै अहिलेको सरकार अधिनायकवादी भएको बताए । ‘दशैं गयो, दशैंमा त सरकारको बुद्धि पलाएन, शुभ दिपावलीले सरकारलाई सकारात्मक काम गर्नतिर सदबुद्धि बलावस् ।’ उनले भने ।

कोहलपुर नगर कमिटीका ईन्चार्ज बिष्णु पोख्रेलले कार्यक्रममा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए । देशब्यापी संगठन विस्तार तथा संगठन सुदृढिकरणका क्रममा अध्यक्ष नेपाल कोहलपुर पुगेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ४३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत