१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान



बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही ल्याइएका पूर्वडीआईजी छविलाल जोशीसँगको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा साढे ७ घण्टा लगाएर पूर्वडीआईजी जोशीसँग बयान लिइएको हो ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा जोशीसँग बयान लिएएको इलाका प्रहरी कायार्नलय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका थिए ।

गोर्खा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेसँगै जोशी पनि साझेदार थिए । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन् । सुप्रिम सहकारीको रकम हिनामिनासम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई पोखराबाट रुपन्देही ल्याइएको हो ।

जोशी गत असोज ६ गते पक्राउ परेका हुन् । उनी पोखरामा प्रहरी हिरासतमा थिए । उनलाई अदालतले कार्तिक ८ गतेसम्म अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा कार्यालयको बाहिर सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्। जोशीलाई बयान सकिएसँगै इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइएको छ । जोशीलाई आज बुटवल प्रहरीको हिरासतमा राखेर भोलि पुनः पोखरा पठाइने प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ०० बजे

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका