६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा उद्योगभित्रै जुवाको अड्डा, ५ जना जुवाडे पक्राउ



बुटवल । रुपन्देहीको एक उद्योग भित्रै जुवातास खेलाईने गरेको फेला परेको छ । मायादेवी गाउँपालिका वडा नं. ८ मा रहेको महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्स भित्र जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत महाराजगन्ज घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ८ बस्ने मनोहर प्रसाद र अजय जयसवाल, भारत मतिहारी घर भई हाल जिल्ला सल्यान श्रीनगर बस्ने जग्गु कुमार, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने रुपेश गुप्ता र सिद्धार्थनगर नगरपालिका वडा नं १ मनोज जयसवाल रहेका छन् । उनीहरुबाट तासको गड्डी र ८९ हजार ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उद्योग भित्र जुवातास खेलाउने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा दिन ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ०६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क