१९ बैशाख २०८३, शनिबार | May 2, 2026

लुम्बिनी सरकारको अभियान : यो बर्ष ‘घुम्न जाउँ बर्दिया’



दाङ । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको हो । यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ । बर्दियाको ठाकुरद्धारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरुको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको बताए । ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरुलाई आकिर्षित गर्ने धेरै इभेन्टहरु छन्’, मन्त्री न्यौपानेले भने, ‘यो बर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरुलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौँ ।’

एक बर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरुका बारेमा पर्यटकहरुलाई जानकारी दिने गरि प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । बाह्य पर्यटकहरुलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरुको सहजताका लागि सम्बन्धीत पक्षसंग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए ।

‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरु ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरुका बारेमा सूचना प्रदान गर्नका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिईने छ’, मन्त्री न्यौपानेले भने, ‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरुलाई जानकारी गराउने काम हुनेछ ।’

पर्यटकहरुको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाईने बाघ हो । बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरु बढ्ने गरेका छन् । जंगल सफारी गरेर बाघ लगाएतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुन्ज मानिन्छ । यसैगरि बर्दियाको दौलतपुर घाटमा पाईने डल्फिन बाह्य पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ ।

यो घाटमा डल्फिन देखिने गरेको छ । यसैगरि बर्दियामा कृष्णसार देख्न सकिन्छ । बर्दियामा कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरु पर्यटकहरुलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् । यि होम स्टेहरुमा स्थानीय परिकारको स्वाद लिन पाईन्छ ।

स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो । ‘बर्दियाामा मुख्यगरि बाघ हेर्न पाईन्छ, बाघ लगाएत अरु जनावर जंगल सफारी गरेर हेर्न पाईन्छ’, मन्त्री न्यौपानेले भने, ‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससंगै कृष्णसार,डल्फिनको अवलोकन संगै यहाँका होम स्टेहरुमा पाईने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरुको प्रवर्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ ।’

बर्दियामा पर्यटकहरु भित्र्याउनका लागि उद्योग , पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपूर प्रयोग गर्ने भएको छ ।

यसैगरि छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरुसंग समन्वय गर्ने भएको छ । स्थानीय तहहरुले पर्यटकीय स्थलको प्रचार प्रसार संगै पर्यटकहरुको उचित बसोबासको व्यवस्थापनका लागि तथा पर्यटकीय स्थलहरुको अनुगमनका लागि समन्वय गर्ने छन् । यसैविच मन्त्रालय र बर्दियाका स्थानीय तह तथा सरोकारवालाहरुविच शुक्रबार बर्दियामा समन्वयात्मक बैठक समेत गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ०८ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने