१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिपक्षको खबरदारीलाई बताएका हुन् ।

उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गरे । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताए ।

आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने, ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।

भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको उल्लेख गरे । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने प्रतिवद्धता जनाए ।

उनले भने, ‘भ्रष्टाचारीहरुसँग समीकरण गरेर हामीले गल्ती गर्यौं । हामी अलिअलि बिग्रिन थालेका थियौं । हामी प्रतिक्रियावादी सँग हिँडाहिँडदै उनीहरु जस्तै बन्न थालेको खतरा थियो । हामीलाई बेलैमा हटाएर तपाईंहरुले हामीलाई राम्रो गर्नु भयो । भ्रष्ट पार्टीहरु र जालिफाटाहा नेताहरुसँग लागेर माओवादी पनि के हो के हो भन्ने परेको थियो । तर अब जनतासँग फर्केर हामीले भनेका छौं हामी जालिफटाहाहरुसँग हामी अब जाँदैनौं भनेर प्रतिवद्धता जनाएका छौं ।’

प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारका विरुद्ध सुसशासनका पक्षमा सामाजिक न्यायाका पक्षमाइमान्दारिताका साथ काम गर्दागर्दै हटाइएको दाबी गरे । उनले भने, ‘हामीले युगान्तकारी कामका रेकर्ड बनाउँदै थियौं । छिमेकीहरुसँगको सम्बन्ध इतिहासकै सम्बन्ध हामीले माथिल्लो लेभलसम्म पुर्याउँदै थियौं । भारतससँग होस या चीनसँग भएका विभिन्न सहमति हेर्दा केही ऐतिहासिक र युगान्तकारी सहमति भएको थियो ।’, तर भ्रष्टाचारीहरुलाई बचाउन सबै उपलब्धी समाप्त पार्न सरकार परिवर्तन गरियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : २५ बजे

प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका