५ चैत्र २०८२, बिहिबार | March 19, 2026

संविधान संशोधनभन्दा पहिले आवश्यक समीक्षा गर्न जरुरी छः नेता सिटौला



पोखरा । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताएका छन् ।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आज पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रियामा उनले संविधानको कार्यान्वयन गर्दा देखिएका समस्या, जनहितका पक्ष र आवश्यकताबारे समीक्षा जरुरी रहेका बताएका हुन् । “संविधान कार्यान्वयन गर्दा जनहितमा के के काम गर्न सकियो, जनतासामु गरेका बाचा पूरा गर्ने सवालमा के के समस्या देखिए, त्यसका कारण र समाधान, संविधानमा देखिएका कमजोरीको संयमित भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ”, नेता सिटौलाले भने ।

उनले वर्तमान सरकारसामु राजनीतिक स्थिरता कायम गर्दै जनहितका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राखे । “अहिले नयाँ र साना पार्टीहरुले पुराना अनि ठूला पार्टीले केही गरेन भन्ने गरेका छन्”, उनले भने, “२०४६ सालपछि धेरै विकासका काम भएका छन् । त्यसैले केही गरेकै छैन भन्ने कुरामा म चाहिँ सहमत छैन तर परिवर्तित जनचाहनाअनुसार काम गर्न जरुरी छ ।”

पूर्वउपप्रधान तथा गृहमन्त्री सिटौलाले संविधानको मौलिक हकमा व्यवस्था गरिएका उपभोक्ता अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनता हरेक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १० : १९ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे