११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा सुरेन्द्र मानन्धर सिफारिस



काठमाडौँ। नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ०८ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको