७ श्रावण २०८३, बिहिबार | July 24, 2026

चाडपर्व एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार हुन् : राष्ट्रियसभा अध्यक्ष दाहाल



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत् ११४५ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नेपालीको विशेष पर्व तिहार एवं नेपाल संवत् ११४५ शुभारम्भको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । उनले यस पर्वले पारिवारिक मिलाप, सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नेसमेत विश्वास लिएको लिएका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो, नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा पहिचान दिएको छ, “सन्देशमा भनिएको छ, “यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू समेत हुन् ।” तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा आफ्नै विशिष्ट महत्त्व छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा÷गाई तिहार, गोवर्द्धन पूजाले मानव, प्रकृति र पशुपन्छीसँगको गहिरो सम्बन्धलाई उजागर गरेको छ भने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको माया, प्रेम र हार्दिकता प्रगाढ बनाउनुका साथै पारिवारिक मिलन र एकता वृद्धि गर्न विशिष्ट योगदान दिएको छ ।

तिहारमा खेलिने देउसीभैलोलगायतका सांस्कृतिक कार्यले उल्लासमय वातावरण बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सन्देशमा तिहार सँगसँगै नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुरुआतसँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको कुरा यहाँ स्मरणयोग्य भएको उल्लेख छ ।

साथै, सन्देशमा नेपाल संवत्लाई राष्ट्रिय विभूति शङ्खधर शाख्वाले सुरुआत गरेका थिए । नेवार समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी भएको दाहालको भनाई छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : ५३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी