८ बैशाख २०८३, मंगलबार | April 21, 2026

इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने



पोखरा । इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो ।

यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन् । सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए । क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए ।

त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफ समेत गरेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा खेल्न बोलाइएको थियो । डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रुपमा चिनिए र त्यही वर्ष उनले टि ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिष्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टिमका लागि विजय सुनिश्चित गरेका थिए ।

इंग्लयान्डका यि प्रतिभाशाली अलराउन्डरलाई चौथो विदेशी खेलाडीका रुपमा टिममा भित्र्याउन पाउँदा पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठ खुशी सुनिए । ‘क्रिचलीले डर्बिशायरका लागि रचेको इतिहास आज पनि कसैले बिर्सिएको छैन । हामीलाई आशा छ, पोखरा एभेन्जर्समा उनको प्रवेशसँगै एनपिएलमा पनि अर्को नयाँ इतिहास कोरिनेछ,’ श्रेष्ठ विश्वस्त सुनाए ।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ । यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रुपमा अनुबन्ध भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ३५ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई