१६ माघ २०८२, शुक्रबार | January 31, 2026

राष्ट्रपतिमा विजयी भएको ट्रम्पको घोषणा



अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरे्का छन्।

फ्लोरिडामा जीते पछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफु विजयी भएको घोषणा गरेका हुन् । ट्रम्पले भने, ‘अमेरिकालाई महान बनाउन मद्धत गर्नेछु ।’ उनले आफ्नो विजय अमेरिकाका लागि स्वर्ण युग हुने दाबी गरे ।

‘यो अमेरिकी जनताको लागि शानदार जीत हो । जसले हामीलाई अमेरिका पुनः महान बनाउन सक्षम बनाउनेछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ ’, ट्रम्पले भने ।

ट्रम्पको चुनावी नारा स् मेक अमेरिका ग्रेट अगेन, अर्थात् अमेरिका पुनः महान बनाउनु भन्ने रहेको थियो । ट्रम्पले आफ्नो जीतको घोषणा गरिसकेको भएपनि यसको आधिकारिक घोषणा भने भएको छैन।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा लगातार नभएपनि दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् । २०१६ मा राष्ट्रपति पदमा विजयी भएका ट्रम्प २०२० मा जो बाइडेन संग पराजित भएका थिए ।

उनी भन्दा अघिका राष्ट्रपतिहरुले लगातार दोश्रो कार्यकाल पुरा गरेका थिए । वर्तमान राष्ट्रपति जो बाइडेन दोश्रो कार्यकालका लागि भएको उम्मेदवारी नै त्याग गरेका थिए । बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रयाटसहरुले चुनावी मैदानमा उतारेका थिए ।

अमेरिकामा लोकप्रिय नेपाली अनलाइन खसोखास बाट 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ०५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी