४ चैत्र २०८२, बुधबार | March 18, 2026

राष्ट्रपतिमा विजयी भएको ट्रम्पको घोषणा



अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरे्का छन्।

फ्लोरिडामा जीते पछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफु विजयी भएको घोषणा गरेका हुन् । ट्रम्पले भने, ‘अमेरिकालाई महान बनाउन मद्धत गर्नेछु ।’ उनले आफ्नो विजय अमेरिकाका लागि स्वर्ण युग हुने दाबी गरे ।

‘यो अमेरिकी जनताको लागि शानदार जीत हो । जसले हामीलाई अमेरिका पुनः महान बनाउन सक्षम बनाउनेछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ ’, ट्रम्पले भने ।

ट्रम्पको चुनावी नारा स् मेक अमेरिका ग्रेट अगेन, अर्थात् अमेरिका पुनः महान बनाउनु भन्ने रहेको थियो । ट्रम्पले आफ्नो जीतको घोषणा गरिसकेको भएपनि यसको आधिकारिक घोषणा भने भएको छैन।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा लगातार नभएपनि दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् । २०१६ मा राष्ट्रपति पदमा विजयी भएका ट्रम्प २०२० मा जो बाइडेन संग पराजित भएका थिए ।

उनी भन्दा अघिका राष्ट्रपतिहरुले लगातार दोश्रो कार्यकाल पुरा गरेका थिए । वर्तमान राष्ट्रपति जो बाइडेन दोश्रो कार्यकालका लागि भएको उम्मेदवारी नै त्याग गरेका थिए । बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रयाटसहरुले चुनावी मैदानमा उतारेका थिए ।

अमेरिकामा लोकप्रिय नेपाली अनलाइन खसोखास बाट 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ०५ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत