२० मंसिर २०८२, शनिबार | December 7, 2025

आईसीसी यू–१९ महिला टी–२० : कुवेतमाथि नेपालको विजयी



नेपालगन्ज । युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई हराउँदै नेपाल विजयी भएको छ ।

कुवेतलाई १०८ रनले पछाडि पार्दै नेपालले लगातारको दोस्रो जित निकालेको हो । आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट हुँदा खेलको नतिजा नेपालको पोल्टोमा परेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ३ : १६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल