५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले महासचिव पोखरेललाई भ्रातृशोक



काठमाडौँ । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । गएराति ७४ वर्षको उमेरमा महासचिव पोखरेलका दाजु देवी पोखरेलको निधन भएको छ ।

पारिवारका अनुसार पोखरेल लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेका थिए । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व. पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दाजुको निधन पनि महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजुर आमा र आमाको संरक्षणमा हुर्कीएको हाम्रो परिवारमा उहाँले सानै उमेरमा अभिभावकीय हिसावले वुवाको भूमिका निर्वाह गर्नुपर्यो ।’

महासचिव पोखरेलले दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा आफ्नो उपस्थिति नरहने समेत जानकारी गराएका छन् । ‘उहाँको विचार र भावनाको पार्टी निर्माण गर्न अझै वाँकी छ । त्यो यात्रा जारी छ, जारी रहने छ ।’ उनले लेखेका छन् ।

उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : २५ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश