१६ माघ २०८२, शुक्रबार | January 30, 2026

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको घुँइचो, कथा प्रवचनको दोस्रो दिन ३२ लाख बढी संकलन



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिनको कथा वाचनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य उपस्थिती देखिएको छ । आज महोत्सवस्थलमा भत्तजन श्रोताको भरिभराउ उपस्थिती देखिएको थियो ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिनमा ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए । आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उँहाको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो ।

आर्थिक संयोजक श्रेष्ठका अनुसार आजको कथा प्रवचनका बीच लामो समयदेखि नर्सिङ पेशमा आवद्ध सिनियर नर्श कोहलपुर ११ की स्थानीय रम्भा शर्माबाट अहिले सम्मकै सर्वाधिक १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि प्रदान गरेकी छन् भने आजै नेपालगन्जमा पुराना चिकित्सक डा. केदारनाथ अग्रवालबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज १ की समाजसेवीलक्ष्मी खड्का कार्कीबाट ५ लाख १ हजार १०१ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि प्रदान गरेका छन् ।

त्यसैगरि आजै वैकुण्ठधाम आध्यात्मिक महात्सवमा दाङ घोराहीका डा. किर्तीपाल सुबेदीबाट २ लाख २२ हजार २२२ रुपैयाँ, कोहलपुर १४ का पेट्रोलियम व्यवसायी टि.पी न्यौपानेबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगन्ज १८ का राजनीतिकर्मी तथा व्यवसायी गोपाल प्रसाद अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगन्ज १२ का उद्यमी संजिव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ प्रदान गर्नु भएको श्रेष्ठले जानकारी दिए ।

आजको यज्ञमा खजुरा ४ का उद्यमी उत्तमराज घिमिरेबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज २ का दयाराम पाण्डेबाट ३१ हजार ५५० रुपैयाँ र नेपालगन्ज २ कै नारायष्ण प्रसाद पाण्डेबाट ३१ हजार ५५१ रुपैयाँ प्रदान गरेका छन ।

दानकर्ताहरुलाई आयोजकबाट नौमतिबाजा सहित रथारोहण सहित महायज्ञ स्थलमा स्वागत र सम्मान गरिएको थियो । दाताहरुलाई प्रमुख वाचक पं पोखरेलले टीका, दोसल्ला, माला र प्रमाणपत्र प्रदान गर्र्दै सम्मान प्रकट गरेका थिए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ५८ बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’